किरात राई यायोक्खाको ३९औँ स्थापना दिवसका अवसरमा किरात राई बान्तावा खिम, ललितपुर महानगरपालिका कार्यसमिति सदस्य जीडी (गोबर्धन) राई सम्मानित भएका छन्।

राईलाई ‘किराया-विचारी राजनसुर राई लालमतिम्पा लालमतिम्मा भागेम्पा सायारेम कोष–२०७५’ अक्षयकोषबाट नगद रु. १० हजार सहित कदरपत्र प्रदान गरी सम्मान गरिएको हो।

किरात राई समुदायको सामाजिक, सांस्कृतिक तथा संस्थागत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप राईलाई सम्मान गरिएको जनाइएको छ।

सम्मानपछि राईलाई थप सफलताको शुभकामनासहित सामाजिक तथा सामुदायिक क्षेत्रमा निरन्तर योगदानका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको छ।