किरात राईहरूको साझा संस्था किरात राई यायोक्खाको नेतृत्वमा भदौ ३० गते आदिवासी जनजाति आयोग, पुल्चोक ललितपुर पुगी बान्तावा भाषालाई जातिमा तथ्याङ्क कार्यालयले समावेश गरेको प्रति ध्यानाकर्षण गराउँदै बान्तावालाई जाति नभई भाषाका रूपमा सूचीकृत गर्न अनुरोधसहित ध्यानाकर्षण पत्र प्रदान गरिएको छ। सो अवसरमा बान्तावासहित विभिन्न थरगत/भाषागत संस्थाहरूले ध्यानाकर्षण पत्र आयोगलाई बुझाएका थिए।

