किरात राई बान्तावा भाषाको एक दिने प्रारम्भिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । किरात राई बान्तावा खिम ललितपुर महानगरको आयोजनामा २०८२ भदौ १४ गते कार्यक्रम सम्पन्न भएको हो ।

खिमका केन्द्रीय सदस्य सुशिल राई, ३ नं. प्रदेश कार्यसमिति अध्यक्ष नारायणप्रसाद राईलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । भाषा प्रशिक्षण खिमका केन्द्रीय सल्लाहकार तथा बुङ्वाखा मासिकका सम्पादक पदम वालाहाङ राईले गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा भाषा ज्ञानको स्रोत भएकाले पनि संरक्षण गर्नुपर्ने केन्द्रीय सदस्य सुशिल राईले बताउनुभयो । त्यस्तै अध्यक्ष नारायणप्रसादका राईका अनुसार मातृ भाषाले नयाँ ज्ञान सिक्न सहज हुने बताउनुभयो ।

प्रशिक्षणका क्रममा राईले विद्यालय स्तरमा पनि बान्तावा भाषा औपचारिक रूपमा अध्यापन भइरहेको र दैनिक जीवनमा आइपर्ने कुरा दैनिक बोल्दा थप भाषा मजबुत हुने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता महानगर समिति अध्यक्ष मणि राईले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव दिलिप राईले गर्नुभएको थियो ।