बान्तावा खिमका लागि सांस्कृतिक र ऐतिहासिक संरचनाहरूको गुरुयोजना सार्वजनिक

Home / Global Refugee / बान्तावा खिमका लागि सांस्कृतिक र ऐतिहासिक संरचनाहरूको गुरुयोजना सार्वजनिक
बान्तावा खिमका लागि सांस्कृतिक र ऐतिहासिक संरचनाहरूको गुरुयोजना सार्वजनिक

बान्तावा समुदायको सांस्कृतिक पहिचानलाई मूर्त रुप दिन निर्माणाधीन बान्तावा खिम को गुरुयोजना सार्वजनिक गरिएको छ। तीन तल्लाको भवनसँगै विभिन्न सांस्कृतिक, धार्मिक र सामाजिक संरचनाहरू समेटिएको यो योजना नेपाली समाजमा जातीय विविधताको सम्मान र संरक्षणप्रतिको उदाहरण बन्ने विश्वास गरिएको छ।

गुरुयोजनामा भवनको छानामा बाबुप राखिने छ भने अगाडि यलम्बरको मूर्ति प्रतिस्थापन गरिनेछ। मुख्य गेटको दुवै पिलरमा किरात राई संस्कृतिजन्य सामाग्रीहरू सजावटका रूपमा राखिने छन्। साकेला थानको निर्माण तथा नदी उकास जमिनको संरक्षणसहित घेराबारा बनाई परिसरलाई सुरक्षित र आकर्षक बनाइनेछ।

अन्य विशेष संरचनाहरू:

  • २ वटा माङ्खिम जसमा १३–१५ जनासम्म बस्न मिल्ने व्यवस्था हुनेछ।

  • ज्येष्ठ नागरिक आवास तथा पाहुना गृह समावेश गरिने छ।

  • पुस्तकालयसंग्रहालय भवनको तेस्रो तल्लामा रहनेछ।

शिलालेख र नामकरणमार्फत योगदानको कदर

सहयोग गर्ने दाताहरूको सम्मानका लागि भवनको भित्तामा शिलालेख, फोटोसहितका विवरण, र विशेष कक्षहरूमा नामकरण जस्ता उपायहरू अवलम्बन गरिनेछ।
उदाहरणका लागि, १० लाखभन्दा माथि सहयोग गर्नेको नाममा पाछिय संस्थाको हल संयुक्त रूपमा नामकरण गरिनेछ। २० लाखभन्दा माथि सहयोग गर्नेले सांस्कृतिक हल आफैंले चाहेको नाममा राख्न सक्नेछन्।

३० लाखभन्दा माथि सहयोग गर्ने दाताको शालिक समेत भवनको अगाडि स्थापना गरिने उल्लेख छ।

समुदायको सहयोगमा सम्भव

बान्तावा खिमको निर्माणकार्य देश–विदेशमा रहेका बान्तावा भाषीहरू, गैर–बान्तावा र गैर–किरात समुदाय सबैको सहयोगमा सम्पन्न गर्ने उद्देश्य रहेको संस्थाले बताएको छ।

“हामी समुदायको उत्थानसँगै देशको समग्र समृद्धिमा योगदान गर्न चाहन्छौं,” आयोजनाका एक संयोजकले बताए। “सबैको सघन सहकार्य बिना यस्तो परियोजना सम्भव हुँदैन।”

Leave a Reply

Your email address will not be published.