बान्तावा भाषी समुदायको गौरव र संस्कृतिक केन्द्रको रूपमा बान्तावा खिम निर्माणको अभियान तीव्र गतिमा अघि बढिरहेको छ। यो अभियानमा देश–विदेशमा रहेका सम्पूर्ण बान्तावा भाषी, गैर-बान्तावा तथा गैर-किरात समुदायका सदस्यहरूलाई आर्थिक तथा नैतिक सहयोग गर्न विशेष अपिल गरिएको छ।
बान्तावा खिम केवल एक भवन मात्र नभई बान्तावा जातिको इतिहास, संस्कृति, पहिचान र भावनाको साझा केन्द्र बन्ने उद्देश्यले अघि सारिएको योजना हो। देशमा जातीय, भाषिक विविधता भए पनि सह–अस्तित्व र समानुपातिक विकासको मर्मलाई आत्मसात् गर्दै यो परियोजना अगाडि बढाइएको आयोजक संस्थाले जनाएको छ।
सहयोगका लागि बहुआयामिक विकल्पहरू:
बान्तावा खिमको निर्माणका लागि विभिन्न स्तरका दाताहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अनुरोध गरिएको छ। पाँच हजारदेखि पाँच लाखभन्दा माथिसम्म योगदान दिने दाताहरूलाई स्मारिका, शिलालेख, कदरपत्र, ताम्रपत्र, काश्यपत्र, स्वर्णपत्र, र फोटोसहितको विशेष सम्मान प्रदान गरिनेछ।
विशेष रूपमा, २० लाख रुपैयाँभन्दा माथिको सहयोग गर्ने दाताको इच्छाअनुसार सांस्कृतिक हलको नामकरण गरिनेछ भने ३२ लाखभन्दा माथिको दानदाताको शालिक स्थापना गरिने व्यवस्था गरिएको छ।
सामूहिक भवन, सामूहिक भावना
बान्तावा खिममा रहने संरचनाहरू:
-
सांस्कृतिक हल (२५० जना क्षमता)
-
सेमिनार हल (८० जना क्षमता)
-
पुस्तकालय, संग्रहालय
-
पाहुना घर, ज्येष्ठ नागरिक आवास
-
२ वटा माङ्खिम
-
यलम्बर र बाबुपको मूर्ति
-
साकेला थान र संरक्षणसहितको घेराबारा
अन्त्यमा – एकताको सन्देश
संस्थाका तर्फबाट जनाइएको छ:
“हामी आत्मीय सम्बन्धले गाँसिएका एकै देशका नागरिक हौं। हाम्रो जातीय, भाषिक विविधता हाम्रो सम्पत्ति हो, कमजोरी होइन। हामी सबैको समावेशी विकास बिना देशको समृद्धि सम्भव छैन। बान्तावा खिमको सफल निर्माण सम्पूर्ण नेपाली समाजकै उन्नतिको प्रतीक बन्न सक्छ।”
देश–विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनी, दाजु–भाइहरूलाई ऐतिहासिक अभियानमा हातेमालो गर्न आव्हान गरिएको छ।

Leave a Reply