जिबा राई साङसोन

Home / जिबा राई साङसोन

जिबा राई साङसोन लामो समय वैदेशिक रोजगारका लागि इजरायलमा रहनुभएको थियो । भोजपुर हुँदै सुनसरीको इटहरीमा स्थायी बसोबास रहेको उहाँ काठमाडौंको भक्तपुरमा अस्थायी रूपले बसोबास गर्दै आइरहनुभएको छ । उहाँ हाल रेस्टुरेन्ट व्यवसायमा लाग्नुभएको छ । किराती सभ्यता र संस्कार तथा बान्तावा भाषा उत्थानमा अभियन्ताका रूपमा रहनुभएकी उहाँ हाल किरात राई बान्तावा खिम ३ नं. प्रदेश समितिको कोषाध्यक्ष हुनुहुन्छ ।