खोटाङ जिल्लाको साविक बोपुङ गाविस वडा नं. ७ ख्वाङटाङ गाउँमा जन्मनुभएका पुरुषोत्तम राई ग्लोबल आइएमई बैंकमा जागिरे हुनुहुन्छ । मिनभवन क्याम्पसबाट २०७५ सालमा एमबीएस सक्नुभएका उहाँसँग छोटो वैदेशिक रोजगारको अनुभवसमेत रहेको छ । उहाँ बैंकमा जागिरेका अलावा उद्यमीसमेत हुनुहुन्छ । उहाँ किरात राई बान्तावाको हाङ्खिमको निरा पाछाको हुनुहुन्छ ।
