Category: Support

११ करोडको लागतमा बान्तावा खिम निर्माण हुने, देश–विदेशका सहयोगदातालाई गरिने विशेष सम्मान
Post

११ करोडको लागतमा बान्तावा खिम निर्माण हुने, देश–विदेशका सहयोगदातालाई गरिने विशेष सम्मान

खिमको भुईँ तलामा २५० जना अट्ने सांस्कृतिक हल र चमेना गृह, दोस्रो तलामा ८० जना अट्ने सेमिनार हल तथा केन्द्रीय कार्यालय, र तेस्रो तलामा पुस्तकालय तथा संग्रहालय निर्माण गरिने छ। साथै, ज्येष्ठ नागरिक तथा पाहुनाका लागि माङ्खिमसहित ४ वटा अलग संरचना पनि समावेश गरिएको छ।